दागाेपापकालमा बनिएको नाम्सु बालासन खाेलामाथिको पुलकाे नयाँ नामकरणमा गाेरामुमाेद्वारा आपत्ति

IMG-20231228-WA0216.jpg

मिरिक: अल ईण्डिया गोर्खा एक्स सर्विसमेन वेलफेयर एसोसिएशनले नाम्सु बालासन खाेलामाथि दागाेपापकाे पालाेमा निर्माण गरिएकाे फूलकाे नाम शहीद भगतवीर तामाङ पुल नामकरण गरेकाेमा गाेर्खा राष्ट्रिय मुक्ति मोर्चाले आपत्ति जनाएकाे छ। गाेर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक ब्राञ्च कमिटीले पार्टीकाे मिरिक ब्राञ्च कार्यालयमा एउटा प्रेस भेलाकाे आयाेजना गरेर आपत्ति जनाएकाे हाे। पत्रकारहरूसित कुराकानी गर्दै गाेरामुमाे मिरिक ब्राञ्च कमिटीको अध्यक्ष महेन्द्र खड्का, सल्लाहकार एंव थर्बु चिफ् अमीर थापा, जीएनडब्ल्युओ मिरिक समष्टि अध्यक्षा विमला थुलुङ अनि पार्टीको भूतपूर्व सैनिक संगठन मिरिक अध्यक्ष सहदेव रनपहेंलीले दागाेपापकाे पालाेमा तत्कालीन दागाेपाप अध्यक्ष सुवास घिसिङले नाम्सु बालासन खाेलामा निर्माण गरिएकाे पुलकाे नामकरण अघिबाट नै नाम्सु मुक्ति पुल भनेर सुवास घिसिङले गरिसकेका थिए भन्दै हाल आएर उक्त पुलकाे नाम परिवर्तन गर्दा हामीलाई आपत्ति भएकाे छ भनी बताएका छन्। उनीहरूले ज्ञामन ब्रीजकाे नामले पनि प्रचलित रहेकाे उक्त पुल वास्तवमा ज्ञामन कम्पनीले निर्माण गरेकाे कारण ज्ञामन ब्रीज कतिले भन्ने गरे पनि पुलकाे वास्तविक नाम भने सुवास घिसिङले नाम्सु मुक्ति पुल राखेको तर अहिले आएर उक्त पुलकाे नाम शहीद भगतवीर तामाङकाे नाममा राखेकाेमा हामी आपत्ति जनाउँदछाैं भनी बताएका छन्। उक्त नाम राखिएकाे गुनासाे स्थानीय मानिसहरूले पनि गरिरहेकाे छ भन्दै उनीहरूले शहीद भगतवीर तामाङकाे हामी सम्मान गर्छाैं। हामी कसैकाे भावनालाई ठेष पुर्याँउन चाहाँदैनाैं भन्दै सशीद भगतवीर तामाङकाे नाममा अन्य कता केही राखिए हामीलाई कुनै आपत्ति हुने छैन।तर नाम्सु मुक्ति पुलकाे नाम नाम्सु मुक्ति पुल नै रहनुपर्छ भनी बताएका छन्। उनीहरूले अल इचईण्डिया गोर्खा एक्स सर्विसमेन वेलफेयर एसोसिएशनलाई पूलकाे नामकरण गर्ने बारे लिएकाे निर्णयलाई फिर्ता गरिदिने अनुराेध पनि गरेका छन्। याद रहाेस् गत २५ नाेभेम्बरमा अल ईण्डिया गोर्खा एक्स सर्विसमेन वेलफेयर एसोसिएशनको तीन दिवसीय ७५औं वार्षिक साधारण सभा मिरिकस्थित बहुउद्देशीय गोर्खा रङ्ग मञ्चको गोपाल योञ्जन प्रेक्षागृहमा भएकाे थियाे। साेही
अवसरमा नाम्सु बस्तीस्थित बालासन नदीमाथि निर्माण भएको पुलको नाम स्वतन्त्रता सेनानी शहीद भगतवीर तामाङको नाममा पुल राखिने घोषणा गरिएकाे थियाे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement