मुख्यमन्त्री तामाङले गरे पूर्व सैनिक संघका सदस्यहरूसँग भेट

IMG-20231228-WA0221.jpg

दुईसय जना पूर्व सैनिकहरूको घर निर्माण गरिनेः मुख्यमन्त्री तामाङ

गान्तोक: आज मुख्यमन्त्री प्रेमसिंह तामाङले राजधानीस्थित सम्मान भवनमा पूर्व सैनिक संघका सदस्यहरूसँग भेट गरे। भेटको क्रममा उनले पूर्व सैनिक साथै उनीहरूको परिवारका सदस्यहरूको समस्या र गुनासो सुन्दै कतिपयको समस्या तत्काल समाधान पनि गरे। आज उनले ५० भन्दा अधिक पूर्व सैनिकहरूसँग भेट गरे। भेटघाट कार्यक्रम अवधि मुख्यन्त्री तामाङले पूर्व सैनिक एसोसिएशनका छ वटै जिल्लाका समितिहरूलाई एसोसिएशन सञ्चालन गर्नको निम्ति १०-१० लाख रुपियाँ प्रदान गर्ने घोषणा गरे। यसको साथै उनले पूर्व सैनिकहरूको निम्ति छ वटै जिल्लामा एक एक जना स्वास्थ्य सहायकको नियुक्ति गर्ने पनि घोषणा गरे। उक्त स्वास्थ्य सहायकले पूर्व सैनिक अनि तिनीहरूको परिवारको सदस्यलाई कुनै पनि प्रकारको रोगले ग्रस्त बने सहायता पुऱ्याउनेछन्। त्यसको साथै यो वर्ष राज्यभरिका २०० जना पूर्व सैनिकहरूको घर निर्माण गरिदिने पनि मुख्यमन्त्री तामाङले घोषणा गरे। यसको साथै उनले मेन्दोगाउँ निवासी पूर्व सैनिककी छोरी सेजल गुरूङलाई बीएससी नर्सिङ गर्नको निम्ति वार्षिक रुपमा १ लाख रुपियाँ प्रदान गर्ने घोषणा गर्दै आज उनले पहिलो वर्षको निम्ति १ लाख रुपियाँ पनि प्रदान गरे।

यसरी पूर्व सैनिकहरूलाई पनि मुख्यमन्त्री तामाङले समय दिएर तिनीहरूको गुनासो सुन्दै सबैलाई न्याय दिएकोमा एसोसिएशनले मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement