ललितकलाका तीन कृति विमोचन

Photo

काठमाडौं: मूर्तिकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति ठाकुरप्रसाद मैनालीद्वारा लिखित तथा संकलित पुस्तकहरू ‘कलाका कुरा,’ ‘मेरो कामना’ र ‘सिर्जना र विवेचना’ विमोचित भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभाग र ‘आरम्भ’ (नेपाली समसामयिक मूर्तिकारहरूको समूह)को संयुक्त आयोजनामा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा ती कृति सार्वजनिक गरिएको हो। प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञ रमेश खनाल, ज्ञानेन्द्र विवश लगायतले कृति सार्वजनिक गरेका हुन्। प्रतिष्ठानका प्राज्ञसभा सदस्य नरेन्द्रप्रसाद भण्डारीले मैनाली नेपाली आधुनिक मूर्तिकला क्षेत्रका विशिष्ट प्रतिभा भएको बताए। प्राज्ञ ज्ञानेन्द्र विवशले मैनाली समग्र नेपाली कलाको दस्तावेजको भएको बताउँदै उनको कृतित्वलाई कलाकार, विद्यार्थीले सन्दर्भ सामाग्रीको रूपमा लिने भनाइ राखे।  कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति हार्तम्छालीले सम्पदा भएको भन्दै उनीबाट नयाँ पुस्ताले धेरै कुरा सिक्दै जानुपर्ने बताए। मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले सार्वजनिक पुस्तकहरू वास्तव मै कला  इतिहासका दस्तावेज भएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement