रोहिणीमा कृषि तथा खेती सम्बन्धी महिला किशन सुविधा विषयमा सचेतना कार्यक्रम

IMG-20231228-WA0209.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी तीन ग्राम पञ्चायतको उषा किरण बहुउद्देश्यीय प्रा लि अन्तर्गत घैयाबारी तीन रोहिणी क्षेत्रमा रहेको माता उपसंघ र कोमल उपसंघ समूह तथा सदस्याहरुद्वारा कृषि तथा खेती सम्बन्धी महिला किशन सुविधा विषयमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। रोहिणी क्षेत्रमा सम्पन्न उक्त कार्यक्रममा महिलाहरू कसरी खेतीपाती गरेर स्वनिर्भर भन्न सक्छन् साथै कृषि तथा खेती सम्बन्धी महिला किशन सुविधा विषयमा जानकारी गराइएको छ।

उक्त कार्यक्रममा डब्ल्युडीओ खरसाङ लतिका तामाङ, डीटीसी दाजिलिङ गायत्री सुब्बा, घैयाबारी तीन ग्राम पञ्चायतकी पञ्चायत प्रधान सुष्मा वाईबा, बीटीसी पुस्पन नायक, खण्ड चेयर्स पर्सन मंगला प्रधान, एससी सीता राई अनि सम्पूर्ण बीओडीएस आदि उपस्थित रहेका थिए।

यस कार्यक्रममा रोहिणी क्षेत्रमा आईएफसी एकीकृत खेती खुल्दैछ र कसरी साना समूहहरूले आफ्नै खेती व्यवसाय क्षेत्रमा आफ्नै आय स्रोत उत्पन्न गर्न सक्छन् भन्ने विषयमा जानकारी गराइएको थियो भने खेतबारीमा गरिएको खेतीपातीको पनि निरीक्षण गरिएको थियो। महिलाहरूलाई लिएर गरिएको उक्त कार्यक्रम विषयमा घैयाबारी ग्राम पञ्चायत तीनभित्र पर्ने सांसद एकको कोमल उप संघकी सभापति पूजा कालीकोटेले जानकारी दिएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement