सोनादा: सोनादा क्षेत्रीय असुरक्षित लेवर युनियनको दोस्रो स्थापना दिवस सोनादामा सम्पन्न भएको छ। उक्त दोस्रो स्थापना दिवस समारोहको अध्यक्षता सोनादा क्षेत्रीय असुरक्षित लेवर युनियनको सभापति राजेन तामाङको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा बैजयन्ती तामाङ अनि विशिष्ट अतिथिको रूपमा सोनादा पचेङ समष्टीको सभासद अनोश थापा, सुखे खण्ड पञ्चायत समितिको सभापति मनकुस राई, बबिन्द्र राई, दावा तामाङ, प्रदीप छेत्री, सुरेन राई, सोनाम तामाङ अादि उपस्थित रहेका थिए। उप सभापति कुञ्जुला वाईबाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण युनियनको सह सचिव आरबी दियालीले राखेका थिए। कार्यक्रममा सोनादा क्षेत्रीय असुरक्षित लेवर युनियनको दोस्रो स्थापना दिवसको अवसरमा अतिथहरूका बाहुलीबाट केक काटेर पालन गरिएको छ।

कार्यक्रममा सेवक गुरुङद्वारा बाँसुरीको धुन बजाइएको थियो भने गीतहरू र नृत्य प्रदर्शनसहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा युनियनको वार्षिक प्रतिवेदन युनियनको उप सभापति कुञ्जुला वाईबाद्वारा प्रस्तुत गरिएको थियो। उक्त कार्यक्रम विषयमा सोनादा क्षेत्रीय असुरक्षित लेवर युनियनको उप सभापति कुञ्जुला वाईबाले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा बताएका छन्।