राज्यपाल लक्ष्मण प्रसाद आचार्यले गरे पत्रकाहरूसँग भेट

IMG-20231228-WA0222.jpg

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज राजभवन परिसरमा सिक्किम संगम अन्तर्गत काशीमा निर्मित इन्द्रकील भवन उदघाटन समारोहमा सामेल रहेका पत्रकाहरूसँग शिष्टचार भेट गरे। भेटको क्रममा राज्यपालले सबै पत्रकाहरूलाई प्रेम स्वरूप स्मृति चिन्ह प्रदान गरे। यसरी आफूहरूलाई स्मृति चिन्ह प्रदान गरेकोमा पत्रकाहरूले राज्यपाल प्रति आभार प्रकट गर्दै  कांशीको भव्यता अनि दिव्यताको अनुभव साँझा गरे। पत्रकारहरूले गंगाघाट अनि आरतीको मनमोहक दृश्यको पनि प्रशंसा गरे। यसरी नै वाराणसीको कालीदास शिक्षण संस्थानका नानीहरूद्वारा प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमको पनि प्रशंसा गरे। पत्रकाहरूसँगको कुराकानीको क्रममा राज्यपालले यस प्रकारको प्रायोजनले राज्यबीचको भाषा, रिति रिवाज र संस्कृतिको आदान प्रदान हुने अवगत गराए। यस प्रकारको कार्यक्रमले अनेकतामा एकताको भावनलाई प्रेरित गर्छ अनि यही नै एक भारत श्रेष्ठ भारतको परिचय रहेको जानकारी गराए।

About Author

Advertisement