एलपीजी ग्यास एजेन्सीले उपभोक्तालाई दुव्र्यवहार गरेको, पाइप र लाइटर जबर्जस्ती बिक्री गरेको आरोप

cddecd18-ff56-4a5f-98bc-901aab9586f2


उत्तर दिनाजपुरः एलपीजी सिलेन्डरलाई आधार नम्बरसँग जोड्न उपभोक्ताहरूले धेरै कठिनाइहरूको सामना गर्नुपरेको छ। एजेन्सीले ग्यास लाइटर वा पाइप किन्न बाध्य पारेको उपभोक्ताको गुनासो छ । यदि कुनै ग्राहकले यी सामग्रीहरू खरिद नगरेको खण्डमा उसको आधार लिंक नगरिएको आरोप लगाइएको छ। उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर सहरको सत्येन ग्यास सर्भिस सेन्टरमा पनि यस्तै घटना बाहिर आएको छ ।
ग्यास जडानलाई आधारमा लिंक गर्न पहिलेदेखि नै लामो लाम लाग्ने गरेको, त्यसमाथि ग्यास वितरणकर्ताले लाइटर वा पाइप किन्न बाध्य पार्दै आएको ग्राहक बताउँछन् । बिहीबार यो खबर पाएपछि इस्लामपुर नगर बीजेपीका सदस्यहरू सत्येन ग्यास सेवा केन्द्रमा पुगेर चेतावनी दिएका थिए। भाजपा नेताहरूले आगामी दिनमा ग्राहकहरूलाई यसरी दुव्र्यवहार गरिए कानुनी कारबाही गर्न नहिचकिचाउने बताए। यता कम्पनीका प्रबन्धक चन्दन सिंहले भने सबै आरोप अस्वीकार गरेका छन् । ५ वर्षभन्दा पुरानो ग्यास जडान भएकालाई पाइप फेर्न भनिएको उनको भनाइ छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement