सोनादा उच्चत्तर माध्यमिक विद्यालयको पत्रिका ज्ञानदीपको विमोचन

IMG-20231228-WA0195.jpg

सोनादा: सोनादा उच्चत्तर माध्यमिक विद्यालयको वार्षिक पत्रिका ‘ज्ञानदीप’ को विमोचन गरिएको छ। उक्त विमोचन कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक कल्याण कुमार तामाङले गरेका थिए भने जीटीएको सूचना एवं सांस्कृतिक विभागका कार्यकारी सभासद अनोस थापाको प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए। त्यसरी नै विशिष्ट अतिथिको रूपमा वरिष्ठ साहित्यकार एवं साहित्य अकादेमी नेपाली भाषा परामर्श समितिका सदस्या आशा मुखिया लामा उपस्थित थिइन्। त्यसरी नै अतिथिको रूपमा सोनादा साहित्य संस्थानका पूर्व अध्यक्ष तथा वरिष्ठ साहित्यकार राजेन्द्र पासा, वरिष्ठ साहित्यकार नरेन्द्र लामा, वरिष्ठ समाजसेवीद्वय पारस लामा तथा सोनाम लामा अनि रमेश बन्धु प्रकाशनका रसिक छेत्रीको विशेष उपस्थिति रहेको थियो। समारोहमा जातीय कवि अगमसिंह गिरीलाई स्मरण गर्दै उनले भाषा,साहित्य तथा जातिलाई लगाएको अतुलनीय देनमाथि प्रकाश पार्दै कवि गिरीको तस्विरमा श्रद्धा सुमन अर्पण गरियो। विद्यालयका उप प्रधान अध्यापक दिपेन्द्र मुखियाले समारोहको प्रारम्भमा स्वागत मन्तव्य राखेका थिए भने विद्यालयका नानीहरू पूजा बराइली, रिया मोहोरा कृति छेत्री आदिले स्वरचित कविता पाठ गरेकी थिए। मुख्य अतिथिको आसनबाट बोल्दै सभासद अनोस थापाले विद्यालयको कार्यक्रमहरूप्रति प्रशंसा गर्दै भविष्यमा विद्यालयलाई रङ्गशाला तथा फोहोर प्रबन्ध विषयमा सहयोग गर्ने वचन दिए।पत्रिकाका सम्पादक तथा कवि नरेश कटुवालले समारोहलाई सञ्चालन गर्दै विद्यालयमा पत्रिकाको निरन्तर प्रकाशनले गर्दा नानीहरूमा लेख्ने अभ्यास तथा साहित्यप्रति रूचिमा वृद्धि भएको बताए। उपस्थित साहित्यिक अतिथिहरूबाट ज्ञानदीप पत्रिकाको विधिवत विमोचन पश्चात विशिष्ट अतिथि साहित्यकार आशा मुखिया लामाले विद्यालय पत्रिकाको महत्त्वबारे प्रकाश पारिन्।समारोहमा अध्यक्षीय सम्बोधन गर्दै प्रधान अध्यापक कल्याण कुमार तामाङले आफ्नो कार्यकालको अन्तिम दिनहरूमा यो समारोह सम्पन्न गर्न सकेकोमा हर्ष प्रकट गरे भने यो पत्रिकालाई निरन्तर राख्न आफ्नो अवकाशपछि पनि सहयोग गर्ने वचन दिए। समारोहमा विद्यालयका शिक्षक शिक्षिकाहरू, विद्यार्थीवर्ग तथा अन्यको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement