अलिपुरद्वार: एसएसबी नं. १७ गणका सिपाहीले ६ वटा कन्टेनरमा ओसारपसार भैरहेको भैँसी बरामद गरेका छन्। एसएसबीका जवानहरूले अलिपुरद्वार जिल्लाको बीरपारा दलदली क्षेत्रमा छवटा कन्टेनरलाई रोकेर जाँच गरे। छानबिनका क्रममा ती छवटा कन्टेनरमा भैँसीलाई असम लैजादै गरेको पाइयो। छवटा कन्टेनर ट्रकमा २३८ भैंसी बरामद भएको छ। यस घटनामा एसएसबीले ट्रक चालकसहित २० जनालाई पक्राउ गरेको छ। ट्रक चालकहरूसँग भैँसी ओसारपसार गर्ने कुनै पनि वैध कागजात नभएको एसएसबीले जानकारी दिएको छ।