राष्ट्रिय कांग्रेसको १३८औं स्थापना दिवस संविधान वाचन गरी मनाइयो

1b52aa1f-e677-44df-a197-9ff228554e34


जलपाइगढीः आज भारतीय राष्ट्रिय कांग्रेसको १३८ औं स्थापना दिवस हो। सानुपारामा राष्ट्रिय कांग्रेसको स्थापना दिवस बिहान ६ बजे संविधान वाचन तथा महिला पदयात्रा प्रतियोगिता गरी मनाइएको छ। कार्यक्रममा महिलाहरूको बाक्लो उपस्थिति र उत्साह देखिएको थियो। सो अवसरमा खरिया क्षेत्रका राष्ट्रिय कांग्रेस अध्यक्ष सत्यब्रत चक्रवर्ती र कांग्रेस नेतृ अञ्जना मल्लिक उपस्थित थिए। सानुपारा राष्ट्रिय कांग्रेस कमिटीका तर्फबाट गौतम लामा, शिप्रा रोय, मह महबुल, दिपायन रोय, शिबानी नाहा, आत्सी सरकार, मैना दासलगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताको समापनमा क्षेत्रकी ज्येष्ठ नागरिक श्रीमती तरु घोषले राष्ट्रिय कांग्रेसको झण्डा फहराउनुका साथै पूर्व सैनिक अधिकृत गौतम लामाले केक काटेका थिए। सो अवसरमा आयोजित कार्यक्रममा क्षेत्रीय अध्यक्ष सत्यव्रत चक्रवर्ती र पञ्चायत सदस्य गणेश घोषले सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement