सिलगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, तीन घाइते

1cd2e9a0-ab0b-4e35-b887-ef58b4b42a2c

सिलगढीः सिलगढी नजिकै बागडोगरा सिंघोडा चिया बगानमा बुधबार राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जानकारी अनुसार सिलगढी नवग्राम निवासी दिपङ्कर दास र उनका साथी बुधवार राति स्कुटरमा बागडोगराबाट सिलगढी आउँदै थिए। विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकलसँग ठोक्किएको हो । दुर्घटनामा दिपङ्कर दासको घटनास्थलमै मृत्यु भएको थियो । सोही क्रममा स्कुटर र मोटरसाइकलमा सवार अन्य तीन जना घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । हाल उनको अवस्था गम्भीर रहेको बताइएको छ । घटना लगत्तै बागडोगरा थानाको पुलिस घटनास्थलमा पुगेर स्कुटर बाइक बरामद गरी पुलिसमा ल्याएको थियो । पुलिसले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ । ,

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement