रंगलीमा रक्त दान शिविर सम्पन्न

IMG-20231228-WA0170

सिलगढी: गत २४ दिसम्बरको दिन रंगली बटकेशवर जन कल्याण समिति र जीवन ज्योति फाउण्डेसनको आयोजनामा रक्त दान शिविर सम्पन्न भयोl रक्त दान गर्नअघि मुख्य अतिथि देव कुमार छेत्रीको बाहुलीबाट दीप प्रज्ज्वलन गरियो। जसमा बटकेशवर जन कल्याण समितिका अध्यक्ष दिनेश अग्रवाल  एंव जीवन ज्योति फाउण्डेसनका अध्यक्ष विशाल गोलेको उपस्थिति रहेको थियो। विशिष्ट अतिथि एएसआई सिद्धार्थ लामा, शिशु रोग विशेषज्ञ डा. साईगल मुखर्जी नर्सिङ होम, जेनेरल फिजिसियन डा. एस रहमान. समाज सेवक सुरेन प्रधान, साङ्गे लामा, एमडी याकूप अलि रोटरी क्लब ब्लड ब्यांकका पदाधिकारीगहरू बिन्दु उपाध्याय भगवान रोय, कामरण गायत्री ठाकुर सरोज र टिस्टा भ्यालीका पंचायत प्रधान एसबी सुब्बा कर्माधयक्ष मेनडुप तामाङको उपस्थिति थियो। बिहान ११ बजेदेखि अपरान्ह चार बजेसम्म ८२ यूनिट रक्त संग्रह गर्न सक्षम भयो। जसमा महिला ३१ जना र पुरूष ५१  जना थिए। अधिकत्तम ४१ जना ए पोजेटिभ र १६ जना ओ पोजेटिभ रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement