७० वर्षीया सफिनाले जन्माइन् जुम्ल्याहा नानी

20231228104213

युगान्डाकी एक ७० वर्षीया वृद्धाले जुम्ल्याहा नानी जन्माएकी छिन्। मेडिकल साइन्सका अनुसार, यो उमेरमा नानी जन्माउनुलाई चमत्कारको रुपमाउल्लेख गरिएको छ। ७० वर्षिया सफिना नामुक्वेयाले राजधानी कम्पालाको एक अस्पतालमा छोरी र एक छोरालाई जन्म दिएकी हुन्। बीबीसीका अनुसार सफिना नामुक्वेयाले कम्पालाको प्रजनन केन्द्रमा सिजेरियन अपरेशन गरेर जुम्ल्याहा नानी जन्माएकी छन्। अस्पतालले सफिना नामुक्वेयालाई बधाई दिँदै उनलाई नानी जन्माउने सबैभन्दा वृद्ध महिलामध्ये एक भएको बताएको छ। महिला अस्पताल इन्टरनेशनल र प्रजनन केन्द्रका विशेषज्ञ डा. एडवर्ड तामालेले महिलाले इन–भिट्रो निषेचन प्रक्रियाका लागि डोनरको डिम्ब र आफ्नो पार्टनरको शुक्रकीट प्रयोग गरेको बताए। शिशुहरू ३१ हप्तामा समय नपुग्दै जन्मेका थिए र इन्क्यूबेटरमा राखिएको छ। दुवै शिशु अहिले स्वस्थ छन्। सामान्य तया महिलाहरू ४५ देखि ५५ वर्षको उमेरमा मेन्सुरेसन अनियमित हुने गर्छ। यस समयमा प्रजनन क्षमता घट्छ, तर औषधीको विकासले उनीहरूलाई नानी जन्माउन सम्भव बनाएको छ।

About Author

Advertisement