बाघडुग्रामा उभौली पूजा-२०२३ पालन

IMG-20231227-WA0120

सिलगढी: गएको २६ दिसम्बरको दिन यलम्बरहाङ्ग किराँती खम्बु राई संस्कृतिक संस्थान बाघडुग्रा,एम एम तराईद्वारा उधौली (सकेवा) पूजा माङ्गखिम प्राङ्गण एम एम तराईमा हर्षोल्लासका साथ पालन गरियोl किराँती खम्बु राई जाति प्राकृतिक पूजक जनजाति भएका हुनाले प्रकृति पूजा, भुमिपूजा, कुलपूजा,खोक्लिहाङ्गमा (बुढी बोजु) पूजा, सेउली पूजा, खोला पूजा साथै शिकारी पूजा गरेर प्रकृतिलाई पुज्ने गर्दछ, पूजा सिलि (चण्डि) नाच्दै सम्पन्न गरिन्छ,यस अवसरमा किरात राई जातिलगायत अन्य जातगोष्ठीहरु, मंगर, गुरुङ, तामाङ, लिम्बुलगायत पानी टेङ्की राई सेवा समेती, तरुण गोर्खा समाज लालपुल नक्सलबारीको उपस्थिति रहेको थियो। यलम्बरहाङ्ग किराँती खम्बु राई संस्कृतिक संस्थान बाघडुग्रा, एम. एम तराईका कलाकारहरुले राई जातिको संस्कृतिक कार्यक्रम सिलि नृत्यको प्रस्तुति साथै तरुण गोर्खा समाज लालपुलका कलाकारहरुले गोर्खाली संस्कार झल्काउने संस्कृतिक कार्यक्रम दिएर दर्शकहरूलाई मनोरञ्जन दिएका थिएl सिलगढी, मिरिक, पानीट्यांकी, नक्सलबारी, इन्दोर (मध्य प्रदेश)बाट राई जनगोष्ठीको प्रतिनिधीहरुको उपस्थिति रहेकोl यसरी राई जातिसँगै अन्य जन समुदायको भेला साथै संस्कृतिक कार्यक्रम गर्नुको मुख्य उदेश्य सबैमा एकता  भाइचाराको सन्देश फैलाउनु रहेको प्रेस विज्ञप्तिमा बताएको छ। किराँती राई जातिको संस्था स्थापना गर्नुको मुख्य उदेश्य किरातीहरुको  संस्कार, संस्कृति र भाषालाई बचाई राख्नुको रहेको बताइएको छl अनमोल किराँतीद्वारा जारी गरिएको विज्ञप्तिमा यसरी बताइएको छ, ‘किराँती खम्बु राई जातिका पुर्खाहरू आदिमकालदेखि मध्य हिमालयको पहाडी क्षेत्रमा बसोबास गर्ने प्राचीन जनजाति थिए, किरात राजा यलम्बरले स्थापना गरेको किरात राज्य आधुनिक नेपालको त्रिशुली नदी पूर्व, आधुनिक भारतको टिस्टा सुनकोशसम्म फैलिएको थियो भन्ने किराँती इतिहासमा पढ्न पाउँछौं, आधुनिक देश भारत-नेपालको सिमाना कोरिनु अगाडि देखि किरात राई जातिहरुको बसोबास उत्तर पूर्वी भारतको सिलगढी, दार्जीलिङ, सिक्किम, पूर्वी नेपाल, असम, मणिपुरदेखि भुटान, बर्मासम्म बसोबास रहेको पाइन्छl किरात धर्मअन्तर्गत आदिम कालदेखि किराँती पुर्खाहरूले मनाउँदै आएको परम्परगत सकेवा पर्व उधौली  किरात राईहरुको सबैभन्दा ठूलो पर्व होl पारुहाङ्ग सुम्निमा (शिव-पार्वती) ईष्ट देवता हुन, प्रक्रितिक पूजक किरात खम्बु राईहरू शिली नृत्य गरि उधौली-उभौली पूजा वर्षमा दुई पटक भुमि तथा कुल पूजा गरि मनाउने गर्छl ‘उभौली वैशाख पूर्णिमा र उधौली मङ्सिरे पूर्णिमामा पर्दछ, उभौली खेती लगाउने समय आयो भनी प्रकृति-भूमि तथा कुल पूजा ढोल झ्याम्टा बजाउँदै सिली नाच्दै प्रकृतिको पूजा गरिन्छ, यति बेला गर्मीदेखि बच्न सबै पशुपंक्षी हिमाल चड्ने संकेत मानिन्छl’  


About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement