मिरिक: हर घर जल परियाेजनामार्फत् मिरिकको साैरेनी समष्टिकाे खप्तवली गाउँकाे प्रत्येक घरमा पानी उपलब्ध गराउनकाे लागि ट्याङ्की निर्माण शुरू भएकाे छ।जसकाे शिलान्यास अथवा भूमि पुजन आज पण्डितकाे मन्त्राेच्चारणकाे साथमा गरियाे।उक्त ट्याङ्की निर्माण कार्य गाउँको पानी संरक्षण कमिटीकाे देखरेखमा हुने स्थानीय पुरण राईले बताएका छन्। उनले साैरेनी खप्तवली गाउँवासीले लामाे समयदेखि पानीकाे समस्या भाेग्दै आइरहेकाे थियो। अब उक्त ट्याङ्की निर्माण भएर गाउँकाे प्रत्येक घरमा पानी उपलब्ध भएपछि स्थानीय मानिसहरूले भाेग्दै गरेकाे पानीकाे समस्या समधान भएर जाने आशा गरिएकाे बताएका छन्। उनले खप्तवली गाउँमा ट्याङ्की निर्माणकाे लागि पहल गरिदिएकाेमा सम्बन्धित निकाय, जीटीए प्रमुख अनित थापा अनि क्षेत्रीय कार्यकारी सभासद अरूण सिग्चीप्रति आभार प्रकट गरेका छन्। उनले खप्तवली गाउँका अधिकांश मानिसहरू खेतीमा निर्भर रहेकाेले पानीकाे धेरै खाँचाे पर्ने जानकारी गराउणदै गाउँमा पानी उपलब्ध भएपछि कृषकहरूलाई पनि राहत अनुभव हुनेछ भनी बताए। यस अवसरमा पानी संरक्षण कमिटीका अध्यक्ष प्रेम प्रधान, सचिव विजय खप्तवाली, काेषाध्यक्ष प्रेमकुमार प्रधान, निरीक्षक निरकुमार राई, युवा नेता दिपेन राई लगायत स्थानीय मानिसहरूकाे उपस्थिति रहेकाे थियाे।