नेपालबाट लासाको सिधा उडान दोस्रो सेतु: मन्त्री किराती

20231228111619

काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चीन र नेपालको सम्बन्धमा नेपाल–लासा सिधा हवाई उडान दोस्रो सेतुको रुपमा स्थापीत भएको बताएका छन्। बिहिबार हिमालाइन एयरलाइन्सको काठमाडौ–ल्हसा उडानको उद्घाटन गर्दै मन्त्री किरातीले अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु भएको बताएका हुन्। ‘सन् १९६५ मा निर्माण सम्पन्नभएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो। त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ। मन्त्री किरातीले भने, ‘अब दोस्रो प्रमुख सेतु हुनेछ– नेपालबाट तिब्बतमा हुने सोझो हवाइ उडान।  तिब्बतको ल्हासामा प्रति वर्ष लगभग १ करोड पर्यटकहरु घुम्न आउने गर्छन् जसमध्ये ठूलो संख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरुको हुने गर्छ जसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्र्याउन सकियो भने अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ।’

नेपाल र चीनबीचको सम्बन्धमा केही ऐतिहासिक व्यक्तिले कोशे ढुङ्गाको काम गरेको उनको भनाइ छ। पाँचौँ शताब्दीमा बुद्धभद्रले बुद्धसूत्रको अनुवाद गर्दै चीनमा बुद्ध धर्मको प्रचार गर्ने काम गरेको उल्लेख गर्दै उनले चीन नीति प्रति नेपाल प्रतिबद्धता रहेको बताएका छन्। कोम्निङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ, चोङ्कुइङ,कोङ्मिङ पछि ल्हसामा समेत गरेर ६ गन्तव्यमा उडान हुन थालेको हो।  यस सँगै ल्हासामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रुपमा हिमालाइन एयरलाइन्स रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *