रम्फूमा विशिष्ट चालकहरु सम्मानित

IMG-20231228-WA0005.jpg

गान्तोक: रम्फू ट्याक्सी सञ्चालक तथा चालक कल्याणकारी संघले आफ्नो आठौं स्थापना दिवस अप्पर रम्फू बजारमा भब्य समारोहका साथ मनाएको छ। अध्यक्ष सोनाम ओंगडुप भोटियाको अध्यक्षतामा भएको कार्यक्रममा राजु ठटाल, अखिल सिक्किम चालक वेलफेयर बोर्डका उपाध्यक्ष मुख्यालय कार्यकारी सदस्यहरू र विभिन्न संघसंस्थाका चालकहरू सहित कार्यक्रममा सहभागी थिए। संघका अध्यक्ष रोशन मङ्गर, चिना छेत्री र सिक्किम क्रान्तिकारी मोर्चा किसान मोर्चाका उपाध्यक्ष कमेरे वार्ड पञ्चायत सीपी भट्टराई विशेष अतिथिको रूपमा उपस्थित थिए। स्वागत सम्बोधनमा संघका अध्यक्ष गंगाराम भट्टराईले सन् २०१६ मा स्थापना भएदेखि नै यस क्षेत्रका चालकहरूमा संघले पुऱ्याएकों महत्वपूर्ण योगदानबारे प्रकाश पारे। उनले राज्य सरकारको प्लाष्टिकमुक्त आन्दोलनमा संघ अन्तर्गतका सबै सवारी साधनको सक्रिय सहभागिता सुनिश्चित गर्दै आफ्नो समर्थनमा जोड दिए। संघले अवैध लागूऔषध कारोबारमा संलग्न चालकहरू विरुद्ध कडा कदम चाल्दै गरेको र राज्यको लागुऔषधमुक्त बन्नको पहललाई सहयोग गरेको बताए।

कार्यक्रममा किसान मोर्चाका उपाध्यक्ष भट्टराईले अर्गेनिक खेतीमा जोड दिएका थिए। उनले कृषि कार्यमा संलग्न चालकहरुलाई किट, पोली पाइप र मोटर वितरण गरेका थिए। इमान्दारिता र मेहनतका लागि चार चालकलाई सम्मानित गरिएको थियो। ड्राइभर र विभिन्न नृत्य संस्थाहरुद्वारा प्रस्तुत रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो। ब्याण्डको उपस्थिति र रञ्जीत राईको कार्यक्रम प्रस्तुतिले सबैको ध्यान तानेको थियो। अध्यक्ष ओङडुप भोटियाले संघको आठ वर्षको कार्यकालमा गरेको कार्यको प्रशंसा गरे। उनले सरकारको तर्फबाट निरन्तर सहयोग गर्ने आश्वासन दिए र राज्यभरिका सबै चालकहरूका लागि सरकारले उपलब्ध गराएको विभिन्न योजना र सुविधाहरूको बारेमा बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *