अक्षर पटेलको विध्वंशी ईनिंग्सले म्याच र सीरीज भारतको झोलीमा

IMG-20220725-WA0122.jpg

२५ जुलाईः भारतले दोस्रो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा वेष्ट इण्डिजलाई २ विकेटले पराजित गऱ्यो। यस जीतको साथै भारतले तीनवटा म्याचको सीरीजमा २-०-को अजेय बढ़त हासिल गऱ्यो। वनडे क्रिकेटमा यो भारतको वेष्ट इण्डिज विरुद्ध लगातार १२औं सीरीज जीत हो। यसको साथै भारतले कुनै एउटा टीमलाई लगातार सबैभन्दा धेर सीरीजमा पराजित गर्ने वर्ल्ड रेकर्ड आफ्नो नाम गऱ्यो। यसअघि यो रेकर्ड पाकिस्तानको नाममा रहेको थियो। पाकिस्तानले जिम्बाब्वेलाई लगातार ११ वटा सीरीजमा पराजित गरेको थियो। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजले ५० ओभरमा ६ विकेट गुमाएर ३११ रन बटुल्यो। करियरको १००औं वनडे म्याच खेलिरहेका शाई होपले ११५ रनको असाधारण ईनिंग्स खेले। यसबाहेक कप्तान निकोलस पूरनले ७४ रन बनाए। भारतीय बलरहरूमा पेसर शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए। जवाफमा टीम इण्डियाले ४९.४ ओभरमा ८ विकेट गुमाएर ३१२ रनको लक्ष्यलाई हासिल गऱ्यो। भारतको तर्फबाट अलराउण्डर अक्षर पटेलले सर्वाधिक ६४ रन बनाए। म्याच जिताउने अर्द्धशतकीय ईनिंग्सको अवधि अक्षरले ३५ बल खेलेर ५ वटा छक्का र ३ वटा चौका लगाए। यसबाहेक श्रेयस अय्यरले ६३ रन बनाए जबकि सञ्जु सेमसनले पनि वनडे करियरको पहिलो अर्द्धशतक बनाए। सञ्जुले ५४ रनको ईनिंग्स खेले। पहिलो वनडेमा ९७ रनको ईनिंग्स खेल्ने कप्तान शिखर धवनले दोस्रो म्याचमा केही खास गर्न सकेनन्। उनले ३१ बल खेलेर केवल १३ रन बनाए। धवनका ओपनिंग जोड़ीदार शुभमन गिल फेरि एकपल्ट अर्द्धशतकको नजिक पुगेर आउट भए। शुभमनले ४९ बलमा ५ वटा चौकाको सहायताले ४३ रन बनाए। सूर्यकुमार यादव पनि केवल ९ रन बनाएर आउट भए। गिल र सूर्यकुमारको विकेट काइल मेयर्सले हासिल गरे।
श्रेयसले ७१ बल खेलेर ४ वटा चौका र एउटा छक्का लगाए। यसरी नै विकेटकीपर ब्याटर सञ्जुले ५१ बल खेलेर ३ वटा छक्का र ३ वटा चौका लगाए। केवल ७९ रनमा सूर्यकुमार आउट भएपछि श्रेयसले सञ्जुसँग मिलेर चौथो विकेटको निम्ति ९९ रनको साझेदारी गरे। यसरी नै दीपक हूडा (३३ रन) र अक्षरले मिलेर छैटौं विकेटको निम्ति ५१ रन योग गरे। वेष्ट इण्डिजका बलरहरूमा मेयर्स र अल्जारी जोसेफले २-२ विकेट हासिल गरे। यसअघि वेष्ट इण्डिजको ईनिंग्समा होपको शतक मुख्य आकर्षण रह्यो। उनले १३५ बल खेलेर ८ वटा चौका र ३ वटा छक्काको सहायताले ११५ रन बनाए।

यसको साथै उनी आफ्नो १००औं वनडे म्याचमा शतक बनाउने विश्वका १०औं ब्याटर बने। यसअघि गर्डन ग्रीनिज, क्रिस केयर्न्स, मोहम्मद यूसुफ, कुमार संगकारा, क्रिस गेल, मार्कस ट्रेस्कोथिक, रामनरेश सरवन, डेविड वार्नर र शिखर धवनले यस उपलब्धिलाई हासिल गरेका थिए। होपले पूरनसँग चौथो विकेटको निम्ति १२६ बलमा ११७ रनको साझेदारी गरी वेष्ट इण्डिजको ईनिंग्सलाई संकटबाट उकासे। पूरनले ७७ बल खेलेर ६ वटा छक्का र एउटा चौका लगाए।

About Author

Advertisement