हेवन्ली निर्भाना पाथद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजित

00-1-Rajya-Samachar

गान्तोक: हेवन्ली निर्भाना पाथको पहलमा आज राजधानीस्थित ठाकुरबाडी मन्दिर परिसरमा निशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरियो। विशेष गरेर स्थानीयहरूलाई निःशुल्क स्वास्थ्य चिकित्सा प्रदान गर्ने उद्देश्यले यो शिविर आयोजना गरिएको हो। सो कार्यक्रममा नाम्चीका डीएफओ एञ्जल छेत्री मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। उल्लेखनीय छ, यस संस्थाले प्रति वर्ष राज्यको विभिन्न ठाउँमा पुगेर स्वास्थ्य शिविरको आयोजना गर्दै स्थानीयहरूलाई निःशुल्क उपचार प्रदान गर्दै आइरहेको छ। विशेष गरेर दुर्गम छेत्रलाई संस्थाले लक्ष्य राखेर त्यहाँका मानिसहरूलाई निःशुल्क चिकित्सा सेवा पुऱ्याउने कार्य गरिरहेको छ।

About Author

Advertisement