खरसाङ: खरसाङमा आयोजित जातीय कवि अगमसिंह गिरीको जन्म जयन्तीको अवसरमा कविता आवृत्ति प्रतियोगिता सम्पन्न भएको छ। जातीय कवि अगमसिंह गिरीद्वारा लिखित विभिन्न कविताहरू प्रतियोगितामा आवृत्ति गरिएको थियो। उक्त कविता आवृत्ति प्रतियोगितामा जम्मा ७ जनाले सहभागिता जनाएका थिए जसमा प्रतियोगीहरूले कवि गिरीद्वारा लिखित विभिन्न कविताहरू आवृत्ति गरेका थिए। उक्त प्रतियोगितामा सातजना सहभागीहरू क्रमैले सुबिका लामा – अम्बटे, प्रयास प्रधान – तीनधारे, बन्दिता तामाङ-खरसाङ, धिराज छेत्री – महानदी, आस्थाश्री प्रधान -खरसाङ, केवल सेञ्चुरी -महारानी, रोमिसा भुजेल -मामरिङ आदिले भाग लिएका थिए। उक्त कविता आवृत्ति प्रतियोगितामा निर्णायकको रूपमा आशा मुखिया लामा, ऋषि राई, सञ्जीव छेत्री र समय सूचकको रूपमा प्रशानजीत छेत्री उपस्थित रहेका थिए। उक्त कविता आवृत्ति प्रतियोगितालाई रचना अनाकरले सञ्चालन गरेकी थिइन्। उक्त कविता आवृत्ति प्रतियोगितामा प्रथम अास्थाश्री प्रधान, दोस्रो बन्दिता तामाङ, तेस्रो रोमिशा भुजेल र चौथो धिराज छेत्री भएका छन्। विजेताहरू प्रथमलाई पाँच हजार, दोस्रो तीन हजार, तेस्रोलाई दुई हजारसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ। त्यसरी नै चौथो, पाँचौ, छैटौं र सातौंलाई एक हजार गरेर नगदराशिसहित प्रमाण पत्र प्रदान गरिएको छ। विजेताहरू र सहभागीहरूलाई विभिन्न व्यक्तिहरूद्वारा प्रायोजित नगदराशि पुरस्कारहरू प्रदान गरिएको छ। कार्यक्रममा एकजना निर्णायक आशा मुखिया लामाले कविता आवृत्ति विषय र सहभागीहरूको कविता वाचन विषयमा वक्तव्य राखेका थिए। उनले अाज अावृत्ति गरिएको कविताहरू र कविता आवृत्ति विषयमा जानकारीमूलक वक्तव्य राखेका थिए।










