बुद्धको धातु मूर्तिको प्रतिष्ठा पूजा

20231227192655

पोखरा: पोखराको नारायण स्थानस्थित मैत्री संघ भवनमा धातुको बुद्ध मूर्ति राखिएको छ। मूर्तिको श्रदेयभिक्षु संघको सानिध्यमा एक समारोहबीच प्रतिष्ठा पूजा गरिएको छ। दिंवगत श्रीमती चन्द्रवती उदासको स्मृतिमा पति राधेश्याम उदास तथा छोरा-बुहारी गौतम, शान्ति श्रेष्ठ, एवं उदास परिवारले मूर्ति सौजन्य गरेका हुन्। मैत्री संघका अध्यक्ष राधेश्याम उदासको अध्यक्षतामा भएको प्रतिष्ठा पूजा कार्यक्रममा परियती उदय विहारका प्रमुख, विमल धम्म मैत्री संघका अध्यक्ष राधेश्याम उदास र पोखरा–३ का वार्ड अध्यक्ष प्रकाशमान उदासले संयुक्त रुपमा दीप प्रज्वलन गरि पूजा गरे।

कार्यक्रममा धर्मशिला बुद्ध विहार दायक सभाका अध्यक्ष श्याम शाक्य, बुद्ध जयन्ती समारोह समितिका अध्यक्ष क्याप्टेन चन्द्र प्रसाद गुरुङ, लक्ष्मीनारायण मन्दिरका अध्यक्ष महेश पराजुली, धर्मोदय सभाका अध्यक्ष चन्द्रलक्ष्मी गुभाजु, राधाकृष्ण मन्दिरका अध्यक्ष बन्धुराज पराजुली, पोखरा–३ का वार्ड अध्यक्ष प्रकाशमान उदास लगायतले बोलेका थिए। विसं. १९६० (सन् १९०३)को दशकतिर स्व. रत्नमान खरदारले जीर्णोद्धार गरेको चैत्य २०५२ (सन् १९९६) मा पुनर्निर्माण भएको थियो। चैत्यको संरक्षण र बुद्धको व्यवहारिक शिक्षालाई प्रचार गर्न सन् १९९७ मा मैत्री संघको स्थापना भएको थियो। मैत्री संघले निःशुल्क बाल शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *