गोर्खाहरूको समस्या समाधान गर्न सरकार प्रतिबद्ध: अशोक सिंघल

n56912649817036920040167b0be85b752e368de3b2be0f07c319b4a2d63cf3bacd67d67a0664f7e2b74151.jpg

गुवाहाटी: राज्यको शहरी विकास आदि मामिलाका मन्त्री अशोक सिंघलले गोर्खाहरूको समस्याहरू समाधान गर्न असम सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनी आज राजधानीको खानापारा पशु चिकित्सा विद्यालय खेल मैदानमा गोर्खा सम्मेलनको एक कार्यक्रममा बोल्दै थिए।

कार्यक्रमलाई सम्बोधित गर्दै मन्त्री सिंघलले भने, गोर्खा समुदायले असमिया भाषा, साहित्य र संस्कृतिका साथै राष्ट्रको रक्षामा विशेष जिम्मेवारीका साथ काम गरिरहेको छ। सीमा रक्षकको रूपमा गोर्खा समुदायको योगदानको विशेष रूपमा उल्लेख गर्दै उनले भने, मृत्युसॅंग नडराउने पराक्रमी जातिको रूपमा गोर्खाहरूको विशेष प्रतिष्ठा छ।

मन्त्रीले अघि भने, असमका अन्य जाति समूहहरू सरह गोर्खा समुदायको पनि विभिन्न समस्याहरू छन्। यी समस्याहरूको समाधान गर्नका लागि राज्य सरकारले गोर्खा छात्र संघ, गोर्खा सम्मेलन, गोर्खा साहित्य सभासॅंग भिन्न-भिन्न समयमा बैठकहरूमा विभिन्न कदमहरू उठाएका छन्। गोर्खा समुदायको भूमि समस्याको समाधानमा, डी-भोटर्सको समस्या समाधानमा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको नेतृत्वमा सरकारद्वारा गरिएका सकारात्मक कार्यहरूको उल्लेख गर्दै उनले भने, गोर्खा समुदायको हरेक समस्याको समाधान सरकारले गरेको छ। गोर्खा समुदायलाई विकासको मार्गमा अगाडि बढाएर लैजान काम गरिॅंदैछ।

पछि, सोशियल मिडियामा मन्त्रीले लेखेका छन्, आज अखिल असम गोर्खा छात्र संघको १७औं केन्द्रिय द्विवार्षिक सत्र र दोस्रो पूर्वोत्तर गोर्खा महोत्सव २०२३ मा भाग लिएर धेरै खुशी लागेको छ। यस अवसरमा म एएजीएसयू र असमका सबै गोर्खा भाई-बहिनीहरूलाई बधाई दिॅंदछु।

कार्यक्रममा असम विधानसभाका अध्यक्ष बिस्वजीत दैमारी, दार्जीलिङका सांसद एवं भाजपाका राष्ट्रिय प्रवक्ता राजु विष्ट, गोर्खा समुदायका गणमान्य व्यक्तिहरू आदि उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *