मुख्यमन्त्री पीएस गोले सहित मन्त्रीमण्डल शोक प्रकट गर्न पुगे चामलिङको निवासमा

n56912650017036918720216b679f7016bfa1afeb43baedea437d71db2cc1c9a135e9fd41f74357b7aafcc1.jpg

गान्तोक: राज्यका पूर्व मुख्यमन्त्री पवन चामलिङ मातृ शोकमा परेका छन्। उनकी ९७ वर्षीया आमा आशारानी चामलिङले हिजो अन्तिम श्वास फेरिन्। उनी धेरै दिनदेखि सिलगड़ीको एक नर्सिङ होममा उपचाराधीन थिइन्। पूर्व मुख्यमन्त्रीकी आमाको निधनमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले गहिरो शोक व्यक्त गरेका छन्। उनले आफ्नो फेसबूक पेजमार्फत यो खबरले आफू मर्माहत अनि दुखी बनेको बताएका छन्। मुख्यमन्त्री तामाङले शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै मृतकको आत्माशान्तिको कामना गरेका छन्।

यसरी नै आज साँझ उनी मन्त्री मण्डलका सदस्य सहित चामलिङको घरमा पुगेर शोक संवेदना प्रकट गरे। मुख्यमन्त्रीसँग मन्त्री सोनम लामा, मन्त्री बीएस पन्त, मन्त्री लोकनाथ नेपाल, मन्त्री विष्णु कुमार खतिवडा, मन्त्री एलबी दास, सिक्किम विधानसभाका अध्यक्ष अरूण उप्रेती लगायत अन्यहरू पनि सामेल रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *