अतनु चक्रवर्ती एचडीएफसी ब्याङ्कका चेयरम्यान बनिरहने

WhatsApp-Image-2023-07-04-at-3.16.04-PM.jpeg

नयाँ दिल्ली: एचडीएफसी ब्याङ्कले चेयरम्यानको रूपमा अतनु चक्रवर्तीको पुनः नियुक्तिलाई अनुमति दिएको छ। ब्याङ्कका निदेशक मण्डलले गैर-कार्यकारी चेयरम्यान अतनु चक्रवर्तीलाई तीन वर्षको अझ् एक कार्यकाल दिनुमा मोहर लगाएको छ।

एचडीएफसी ब्याङ्कले बुधवार शेयर बजारलाई जानकारी दियो, निदेशक मण्डलले रिजर्भ ब्याङ्कसित अंशकालिक गैर-कार्यकारी चेयरम्यान एवं स्वतन्त्र निदेशकको रूपमा अतनू चक्रवर्तीलाई नियुक्त गर्ने अनुशंसा गरेको छ। यद्यपि, ब्याङ्कका शेयरधारकहरूबाट पनि चक्रवर्तीको नियुक्तिलाई स्वीकृति लिनुपर्नेछ।

नियामकीय सूचना अनुसार, अतनुको ब्याङ्कको साथ यो लगातार दोस्रो कार्यकाल हुनेछ। ब्याङ्क बोर्डले उनलाई 05 मई २०२४ देखिक ४ मई २०२७ सम्मको तीन वर्षको कार्यकालको निम्ति गैर-कार्यकारी चेयरम्यान नियुक्त गर्ने अऩुशंसा गरेको छ। चक्रवर्तीलाई मई २०२१ मा पहिलो पल्ट एचडीएफसी ब्याङ्कको चेयरम्यान नियुक्त गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *