देशमा अङ्गदानलाई लिएर जागरूकता फैलाउन आवश्यक छ: राष्ट्रपति

IMG-20231227-WA0256.jpg

नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मूले पर्याप्त संख्यामा अर्गेनको अनुपलब्धतामाथि चिन्ता व्यक्त गर्दै देशमा अङ्गदानलाई लिएर प्रोत्साहित गर्न व्यापक मात्रामा जागरूकता अभियान सञ्चालन गर्ने आवश्यक्तामाथि बल दिइन्।

राष्ट्रपतिले बुधवार नयाँ दिल्लीमा इन्स्टीट्यूट अफ लिभर एंण्ड बिलेरीज साइन्सेज (आईएलबीएस)- को 9औं दीक्षांत समारोहलाई सम्बोधन गरिरहेकी थिइन्।

राष्ट्रपति मुर्मूले भनिन्, “पर्याप्त संख्यामा अङ्गहरूको अनुपलब्धताको कारणले धेरैजना रोगीहरू लीभर, किडनी वा अन्य अङ्गको प्रत्यारोपणदेखि वञ्चित बन्दछन्। दुर्भाग्यले अङ्गदानसित सम्बन्धित अनैतिक कृत्यहरू पनि समय-समयमा उजागार हुँदै आएको छ। यी समस्याहरूको समाधान गर्नु एक जागरूक समाजको जिम्मेवारी हो। हाम्रो देशमा मानिसहरूलाई अङ्गदानप्रति प्रोत्साहित गर्नका लागि व्यापक मात्रामा जागरूकता अभियान चलाउन आवश्यक छ।”

राष्ट्रपतिले भनिन्, आईएलबीएसले विश्वस्तरीय दक्षता औ अखण्डताको बलमा केवल 13 वर्षको अवधिमा आफ्नो भिन्नै पहिचान बनाएको छ। आईएलबीएसमा १००० भन्दा अधिक लीभर प्रत्यारोपण औ लगभग ३०० किडनी प्रत्यारोपण गरिएको कुरा जान्न पाउँदा खुसी लाग्यो। भारतले अपेक्षाकृत कम खर्चमा विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गरेर आईएलबीएस जस्ता संस्थानहरूको बलमा एक अन्तरराष्ट्रिय हेल्थकेयर हबको रूपमा प्रतिष्ठित भइरहेको छ।

उनले भनिन्, जीवन विज्ञान अनि आधुनिक सूचना प्रौद्योगिकीको एकीकरणबाट स्वास्थ्य सेवाको क्षेत्रमा क्रान्तिकारी परिवर्तन भइरहेको छ। उनले आईएलबीएसमा आर्टिफिशियल इन्टेलिजेन्स लर्निङ्ग यूनिटको स्थापनालाई सामयिक पहल बताउँदै आईएलबीएससित उपचारसँगसँगै शोधको क्षेत्रमा पनि काम जारी राख्ने आग्रह गरिन्।

राष्ट्रपतिले डाक्टरहरूलाई आफ्नो खयाल राख्ने सल्लाह दिँदै अघि भनिन्, लामो समयसम्म ड्यूटी, लगातार आपतकालीन मामिला अनि रात्रि ड्यूटी जस्ता चुनौतीहरूमाझ उनीहरूले पूर्ण सतर्कता अनि उत्साहको साथमा लगातार रोगीहरूको सेवा गर्नुपर्छ। यसैले तमाम चुनौतीहरूमाझ पनि आफूलाई शारीरिक, मानसिक एवं आध्यात्मिक रूपले स्वस्थ अनि सतर्क राख्न आवश्यक छ। आज डिग्री प्राप्त गर्ने 65 जना विद्यार्थीहरूमा 37 जना छात्राहरू सामेल रहेकोमा राष्ट्रपतिले प्रसन्नता पनि व्यक्त गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement