कालचिनीः कालचिनी थाना अन्तर्गत पर्ने भातखावा चियाबारीको ३ नम्बर सेक्सनको सड़क किनारी रहेको नालाबाट एकजना अज्ञात व्यक्तिको शव पुलिसले बरामद गरेको थियो भने शवलाई बुधबार बिहान मात्र गाउँलेहरूले नालामा देखेपछि यसको हो-हल्ला गाउँभरी फैलिएको थियो। घटनाको जानकारी कालचिनी थानामा दिएपछि घटनास्थलमा पुलिसबल पुगेर शवलाई उद्धार गरेको पोस्टमार्टमको निम्ति लगेको थियो।
उक्त शवको परिचय नपाएको र यो वयस्क पुरुषको शव रहेको प्रत्यक्षदर्शीहरूले जनाए तापनि अपरान्ह समय उक्त शव संलग्न भातखावा चियाबारी निचे लाईन निवासी सलिम किन्डो उमेर अनुमानिक २८ को रुपमा चिन्हित भएको पुलिस सुत्रले जनाएका छन्। पुलिसले शवको परिचय पाएपछि शवलाई पोस्टमार्टम पश्चात परिवारपक्षलाई सुम्पिएको जनाएका छन्।