बागडोगरा: भाजपा तल्लो बागडोगरा-गोंसाइपुर मण्डल समितिले बागडोगरा ग्राम पञ्चायत कार्यालय अगाडि विरोध प्रदर्शन गरेर ज्ञापनपत्र बुझाएको छ। आज भाजपाका नेता तथा कार्यकर्ताले पार्टी कार्यालयबाट र्याली निकालेका थिए। प्रदर्शन ग्राम पञ्चायत कार्यालय अगाडि पुगेर समापन भएको थियो। जहाँ नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए। त्यसपछि ज्ञापनपत्र बुझाइएको थियो। बीजेपी मण्डलका अध्यक्ष सिस्नु उराँवले भाजपाका पञ्चायत सदस्यहरूलाई कुनै काम नदिइएको बताए। भाजपाका दुई पञ्चायतहरू यो समस्याबाट पीडित छन्। भाजपा मण्डलका युवा अध्यक्षले आम जनतालाई उत्पीडन भइरहेको बताए। विभिन्न क्षेत्रमा पानी पुग्न सकेको छैन। भाजपा पञ्चायत समस्याले क्षेत्रमा विकास ठप्प भएको छ। उनले छिट्टै विभेद अन्त्यका लागि काम गर्न माग गरेका छन्।










