कोलकाता: आउँदो वर्ष २२जनवरीमा अयोध्यामा राम मन्दिरको उद्घाटन हुँदैछ। यसको तयारी युद्ध स्तरमा भइरहेको छ। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई अयोध्या भ्रमणको निम्तो दिइएको छ। यसैबीच, मुख्यमन्त्रीसहित तृणमूल कांग्रेसले यस कार्यक्रममा भाग नलिने समाचार आएको छ। राम मन्दिरको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि हुन्। उनको हातले मूर्ति स्थापना गर्ने कार्यक्रम रहेको छ। उत्तर प्रदेशको योगी आदित्यनाथ सरकारले यसको तयारी शुरु गरेको छ। सत्तारुढ दल र विपक्षका ठूला नेता र देशका विभिन्न जगतका दिग्गजहरुलाई निमन्त्रणा पठाइएको छ। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पनि निम्तो दिइएको छ। यसैबीच उनी र उनका पार्टी तृणमूल कांग्रेसले यो कार्यक्रममा भाग नलिने समाचार आइरहेको छन्।
राम मन्दिर निर्माण समितिका अध्यक्ष तथा ट्रस्टका पदेन सदस्य नृपेन्द्र मिश्र, आरएसएसका अखिल भारतीय सम्पर्क प्रमुख राम लाल र विहिपका अन्तर्राष्ट्रिय कार्याध्यक्ष आलोक कुमारले सोनिया गान्धी र मल्लिकार्जुन खड्गेलाई भेटेर कार्यक्रममा निम्तो दिएका थिए। नृपेन्द्र मिश्रले पनि मनमोहन सिंहलाई भेट्न समय मागेका थिए, तर पूर्वप्रधानमन्त्रीको कार्यालयले उनको स्वास्थ्य नाजुक रहेको भन्दै समय दिन अस्वीकार गरेको थियो। पूर्व प्रधानमन्त्री एचडी देवेगौडा र पूर्व राष्ट्रपति रामनाथ कोविन्दलाई पनि भव्य समारोहमा आमन्त्रित गरिएको छ। पूर्वराष्ट्रपति प्रतिभा पाटिललाई पनि निमन्त्रणा पठाइएको छ।