लाखौं रूपियाँको ब्राउन शुगर सहित काका भतिज पक्राउ, वाहन जफत

IMG-20231227-WA0252.jpg

सिलगढी: महँगो फोर व्हीलर गाडी लिएर सिलगढीमा मादक तस्करी गर्न आएका काका-भतिजलाई स्पेशल अपरेशन ग्रुप (एसओजी) अनि सिलगढी थानाको पुलिसले पक्राउ गरेको छ भने यस घटनामा पक्रा परेका काका एमडी एकरामुल शेख र भतिज अब्दुस समद सामेल छन्। यी दुवै कालियाचोक निवासी बताइको छ। प्राप्त जानकारी अनुसार सिलगढीमा मादक तस्करी गर्ने उद्देश्यले आज महँगो फोर व्हीलर लिएर २ जना सिलगढीको मिलनपल्ली रोडमा आइपुगेका थिए। यसबारे थाहा पाउन साथ एसओजी-ले सिलगढी थाना पुलिससित अभियान चलाएर फोर व्हीलरलाई आफ्नो नियन्त्रणमा ल्याए। यसपछि खोजबिन अवधि फोर व्हीलरबाट ३५० ग्राम ब्राउन शुगर उद्धार गरेको छ, जसको अनुमानित बजार मूल्य १० लाख तोकिएको छ। यसपछि पुलिसले आरोपीहरूलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर पक्राउ गरेको छ। सोधखोज अवधि थाहा लागे अनुसार पक्रा पर्ने यी दुई काका-भतिजा हुन्। तिनीहरूलाई बिहिबार सिलगढी अदालतमा पेश गरिने बताइको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement