‘विकसित भारत सङ्कल्प यात्रा’ -ले ५० भन्दा कम दिनमा लाखौं गाउँसम्म पुगेर रेकर्ड बनायो: प्रधानमन्त्री

H20231227148114.jpg

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार भने, ‘विकसित भारत सङ्कल्प यात्रा’ शुरू भएको ५० दिन पूरा हुँदा-नहुँदै यो लाखौं गाउँसम्म पुगिसकेको छ।

यो आफै-आफमा एउटा रेकर्ड हो। विकसित भारत सङ्कल्प यात्रा सारा देशभरि सरकारका प्रमुख योजनाहरूलाई अन्तिम किनारसम्म पुऱ्याउने प्रयासहरूलाई सुनिश्चित गर्ने उदेश्यले सञ्चालन गरिँदैछ ताकि यो सुनिश्चित गर्न सकियोस् कि यी योजनाहरूको लाभ समयबद्ध ढङ्गमा सबै लक्षित लाभार्थीहरूसम्म पुगोस्।

प्रधानमन्त्रीले भीडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट विकसित भारत सङ्कल्प यात्राका लाभार्थीहरूसितको सम्वाद कार्यक्रममा भने, अब त्यो दिन गयो जतिबेला सरकारका योजना एवं कार्यक्रमहरूको लाभ पाउनका लागि कुनै ‘परिचित’ नभएकोमा चिन्तित हुनुपर्थ्यो। आज तपाईहरूले याद राख्नुपर्छ कि मोदी स्वयं तपाईहरूका परिचित हुन्। तपाईहरूलाई अन्य कसैको आवश्यकता छैन। तपाईहरूले प्रत्येक त्यो लाभ पाउनुहुनेछ जसको हकदार तपाईहरू हुनुहुन्छ। मोदीको ‘ग्यारण्टीरूपी वाहन’ सबैसम्म हरेक ठाउँमा पुग्नेछ।

प्रधानमन्त्रीले भने, मोदीको ग्यारण्टीरूपी वाहन जहाँ-जहाँ पुगिरहेको छ त्यहाँ-त्यहाँ मानिसहरूको विश्वासलाई पनि बढ़ाइरहेको छ। यात्रा शुरू भएपछि उज्ज्वला ग्यास कनेक्शनको लागि ४.५ लाख नयाँ लाभार्थीहरूले आवेदन गरेका छन्। यात्रा अवधि एक करोड़ आयुष्मान कार्ड वितरण गरिसकिएको छ। पहिलो पटक देशव्यापी हेल्थ चेकअप भइरहेको छ। लगभग १.२५ करोड़ मानिसहरूको हेल्थ चेकअप भइसकेको छ। यस यात्रा अवधि ७० लाख मानिसहरूले टीबीसित सम्बन्धित जाँच पूरा गरिसकेका छन्। १५ लाख मानिसहरूको सिकल सेल एनीमियाको जाँच भएको छ। हिजोआज त झन् आयुष्मान भारत कार्डसँगसँगै आभा कार्ड पनि द्रूत गतिमा बनाइँदैछ।

प्रधानमन्त्रीले भने, ग्रामीण अर्थव्यवस्थालाई गति दिनको लागि गाउँहरूमा महिलाहरूलाई स्वरोजगार दिन भारत सरकारले ठूलो अभियान सञ्चालन गरिरहेको छ। पछिल्ला वर्षहरूमा लगभग दश करोड़ महिलाहरू स्वयं सहायता समूह (एसएचजी)-सित जोड़िएका छन्। उनले भने, विकसित भारत सङ्कल्प यात्रा १० वर्षमा कल्याणकारी योजनाहरूका लाभार्थीहरूको जीवनमा परिवर्तन, साहस, सन्तुष्टि अनि सपनाले भरिएको कथा हो।

विकसित भारतको सङ्कल्पसित जोड़िने औ देशवासीहरूलाई जोड़्ने यो अभियान लगातार विस्तार भइरहेको छ अनि सुदूरवर्ती गाउँहरूसम्म पुगिरहेको छ। उनले भने, युवा होस् वा महिला वा गाउँका वरिष्ठ नागरिक आज सबैले मोदीको ग्यारण्टीरुपी वाहनको प्रतीक्षा गर्ने गर्दछन् र यस वाहनको कार्यक्रमको व्यवस्था पनि गर्दछन्। यस महाअभियानलाई सफल बनाएकोमा म सबै देशवासीप्रति आभार व्यक्त गर्दछु।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *