गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राज्यका पूर्व मुख्यमन्त्री पवन चामलिङकी माता स्वर्गीय आशारानी राईको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। राज्यपालले आज जारी आफ्नो सन्देशमा दिवंगत आत्माको चिर शान्तिको निम्ति प्रार्थना गर्दै शोक सन्तप्त परिवारप्रति आफ्नो गहिरो समवेदना व्यक्त गरेका छन्।
उल्लेख्य, पूर्व मुख्यमन्त्री पवन चामलिङकी माता आशरानी चामलिङको हिजो ९७ वर्षको उमेरमा निधन भयो। उनी विगत लामो समयदेखि बिरामी थिइन् र सिलगढीको अस्पतालमा उपचाराधीन थिइन्।