आग्सुको केन्द्रीय सम्मेलनमा सांसद राजु बिष्ट सहभागी   

IMG-20231227-WA0211

सिलगढी: सांसद राजु बिष्ट आज अल असम गोर्खा स्टुडेन्टस् युनियन (आग्सु)को १७औं द्विवार्षिक केन्द्रीय सम्मेलन र दोस्रो उत्तर पूर्वीय गोर्खा फेस्टिभल २०२३ मा सहभागी भएका छन्l माँ कामाख्या, ब्रह्मपुत्र, श्रीमन्त शंकरदेवको भूमिलाई नमन् गर्दै यस कार्यक्रममा सहभागी बनेको उनले बताएका छन्l उनले, ‘मैले आफूसँग दार्जीलिङ पहाड, तराई अनि डुवर्सका जनताको माया अनि शुभकामना सबैसँग साझा गरेंl’ उनले भने, ‘असम महान गोर्खाहरूको भूमि हो।  अनेकौँ असमेली गोर्खाहरूले भारतको स्वाधीनता संग्राममा ठूलो योगदान गरेका छन्। असमका महान स्वाधीनता संग्रामीहरू जस्तै अनन्तलाल सरमा, छबिलाल उपाध्याय, भक्त बहादुर प्रधान, दल्व्विर सिंह लोहारलाई समग्र भारतभरि नै सम्मान गरिन्छl’

असमका गोर्खाहरूले देश अनि गोर्खा जातिको गौरव बढाएको बताउँदै उनले भने, ‘आज, आग्सु गोर्खा युवाहरूका क्षमता र सम्भाव्यताको सठीक उदाहरणको रूपमा अघि आएको छ, र उनीहरुले देखाएको छ, कसरी एकबद्ध गोर्खा जातिले मनोवांछित लक्ष्य हासिल गर्नसक्छl हाम्रो भाषा र हाम्रो संस्कृतिको उत्सव मनाउने अनि यसलाई मान्यता दिलाउने कर्तव्य हाम्रो हो।  हाम्रो सांस्कृतिक विरासतलाई हाम्रो भावी सन्ततिहरूलाई हस्तान्तरित गर्ने कर्तव्य हाम्रो हो। यसै कारणले गर्दा, दोस्रो ऊत्तर पूर्वीय गोर्खा उत्सव आयोजित गर्ने आग्सुको प्रयासहरूको म धेरै प्रशंसा गर्दछुl’   

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *