तीन जना सांसद सिक्किम भ्रमणमा आइपुगे

IMG-20220519-WA0168.jpg

गान्तोक। हाल राज्यमा केन्द्रीय मन्त्रीहरूले निरन्तरूपमा भ्रमण गर्दै आइरहेका छन् भने यसै क्रममा तीन जना लोकसभा सांसदहरू सिक्किम भ्रमणको निम्ति आइपुगेका छन्। भ्रमणमा आउनेहरूमा लोकसभा सांसद कैलाश सोनी, राज्यसभा सांसद मोहन मन्दवी,लोकसभा सांसद अबु ताहेर खान र संयुक्त सचिव गिता मिटिना रहेका छन्। उनीहरू चार दिवसीय भ्रमणको निम्ति सिक्किम आएका हुन्। भ्रमण टोलीले २२ मईसम्म राज्यको विभिन्न स्थानको भ्रमण गर्ने पनि जानकारी प्राप्त भएको छ। आज उनीहरूलाई सिलगढीस्थित बागडुग्रामा स्वागत जनाउनको निम्ति वागवाणी विभागकी संयुक्त निर्देशक पेमा छोडेन भोटिया, अतिरिक्त निर्देशक डिकी लामा लगायत अन्यहरू पुगेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement