ममता ब्यानर्जीलाई चैतन्य महाप्रभुको अवतार बताउँदा विपक्ष आक्रोशित

00-1-Rajya-Samachar

कोलकाताः पश्चिम बंगालका शिक्षा मन्त्री ब्रात्य बसुले मुख्यमन्त्री ममता ब्यानर्जीलाई चैतन्य महाप्रभुको अवतार बताएर विवादहरूमा घेरिएका छन्। एउटा भीडियो भाइरल भइऱहेछ, जसमा बसुलाई पूर्वी बर्दवान जिल्लाको पुर्वस्थलीमा एक सार्वजनिक कार्यक्रमलाई सम्बोधित गर्दै भनिरहेको सुन्न सकिन्छ, चैतन्य देवले सदैव सबै धर्महरूको एकताको कुरा गर्नेगर्थे।

उनले कहिले पनि मानिसहरूलाई धर्मको आधारमा बाँड्ने कुरा गरेनन्। यसैगरी ममता ब्यानर्जीले पनि सर्व-समावेशमा विश्वास राख्छिन्। उनले कहिलेपनि विभाजनकारी राजनीतिलाई प्रोत्साहित गर्दिनन्। यसैले यदि पश्चिम बंगालमा चैतन्य महाप्रभुको कुनै आदर्श अवतार छ भने त्यो ममता ब्यानर्जी हुन्।

उनको टिप्पणीमा विपक्षी नेताहरूको कड़ा प्रतिक्रिया आएको छ। कोलकाता नगर निगममा भाजपाका पार्षद सजल घोषले भने, मुख्यमन्त्रीको छत्रछात्रामा बस्न ब्रात्य बसुले यस्तो टिप्पणी गरेका हुन्। यस्ता टिप्पणीहरू एक शिक्षित व्यक्ति र उनी जस्ता प्रशंसित अभिनेताको तर्फबाट आएको छ, यो अधिक दुर्भाग्यपूर्ण हो।

सीपीआई (एम) केन्द्रिय समितिका सदस्य सुजन चक्रवर्तीले भने, बसुको टिप्पणीहरूले प्रमाणित गर्दछ कि तृणमूल कांग्रेसका नेता आफ्नो सर्वोच्च नेतालाई खुशी पार्न कुन स्तरसम्म झर्नसक्छन्। यो कुनै नौलो कुरा होइन र राज्यका शिक्षा मन्त्रीले तृणमूल कांग्रेसमा अन्य पार्टी नेताहरूको विरासतलाई कायम राखेका छन्।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *