काेचबिहारमा नदी किनारबाट एक युवकको लाश प्राप्त

काेचबिहार: खोला किनारबाट एक युवकको रहस्यमय लाश भेटिएपछि सनसनी मच्चिएको छ। घटना कुचबिहारको पुंडीबारी थाना अन्तर्गत खापैडंगा क्षेत्रमा भएको हो। बुधबार बिहान स्थानीयवासीले खोला किनारको रुखमुनि युवकको लाश देखे। यसपछि पुलिसलाई खबर गरिएको थियो। सूचना पाएपछि पुलिसले घटनास्थलमा पुगेर लाश बरामद गरेको थियो। स्थानीय स्रोतका अनुसार मृतक युवकको नाम प्रसेनजित सरकार रहेको छ। मंगलबार बिहान उनको श्रीमतीसँग झगडा भएको थियो। सोही क्रममा युवककी श्रीमतीले विष पिएर आत्महत्या गर्ने प्रयास गरेकी थिइन्। हाल उनकी श्रीमतीको काेचबिहारको एक निजी अस्पतालमा उपचार भइरहेको छ। हिजोको घटनापछि आज बिहान युवकको लाश फेला परेपछि क्षेत्रमा सनसनी मच्चिएको छ।लाश बरामद गरी पोस्टमार्टमका लागि काेचबिहार एमजेएन मेडिकल कलेज र अस्पतालमा पठाइएको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement