अगमसिंह गिरी साहित्य प्रतिष्ठानद्वारा मिरिकको सौरेनीमा गिरी जयन्ती

IMG-20231227-WA0247.jpg

मिरिक: अगमसिंह गिरी साहित्य प्रतिष्ठान सौरेनीद्वाराजातीय कवि अगमसिंह गिरी जयन्ती भव्य रुपमा पालन गरिएको छ। साैरेनी बजारमा रहेकाे अगमसिहं गिरीकाे सालिगमा फूलमाला अर्पण गरेपछि कार्यक्रम शुरू भएको थियो भने दाेस्राे चरणको कार्यक्रम साैरेनी बजार सार्वजनिक भवनमा भएको थियो। मनाेहर शर्मा अनि सेहनाज रामुदामुले सञ्चालन गरेकाे कार्यक्रमकाे अध्यक्षता मिरिक साहित्य सुनाै परिवारका सचिव शीला लामाले गरेका थिए। कार्यक्रममा विशिष्ठ अतिथिहरू साहित्यकारहरू राजबहादुर राई, दधिराम घिमिरे, उर्मिला घिसिङ, डाक्टर कमला तामाङ, प्राध्यापक याेगेस खाती, डाक्टर जेम्स विश्व, एसबी गजमेर, एमएल दियाली, केपी शर्मा, दिप प्रधान, मिरिक पञ्चायत समितिका चेयरम्यान कैलास खवास, जीटीए मिरिकका जनसम्पर्क अधिकारी विवेक गाेले, पञ्चायत समिति स्वस्थ्य विभागका कर्माध्यक्ष आदित्य प्रधान, ग्राम पञ्चायत प्रधान अनिता राई, पञ्चायत समिति सदस्यहरू चेतना तामाङ, आशा छेत्री, विदुर गुरूङ, प्रध्यापक डाक्टर सुरेन्द्र चामलिङ उपस्थित थिए। अर्जुन प्रधानले स्वागत मन्तव्य पराखेपछि शुरू भएकाे कार्यक्रममा अन्तर विद्यालय कविता आवृत्ति प्रतियोगिता सम्पन्न भयो जसमा कविता आवृत्तिका लागि रबिन्द्रनाथ उमावि, फुवागढी उमावि ग्रीनलन अंग्रेजी स्कूल, टेम्पल अफ् वीसडम, पाइनहल एकाडमी र पुटुङ उमाविका विद्यार्थीहरुले भाग लिएका थिए।

उक्त समारोहमा कविता वाचन, बहस, संगीत, सम्बर्द्धना जस्ता कार्यक्रमहरु पनि सम्पन्न गरियाे। समारोहमा अगमसिंह गिरीमाथि बहस राखिएको थियाे जुन बहसमा अजित विश्व वियोगी सहजकर्ताको भूमिका निर्वाह गरेका थिए अनि लेखक पत्रकार बबिता मादेन अनि आख्यानकार छुदेन कामिवोले बहसमा भाग लिएका थिए। कार्यक्रममा अगमसिंह गिरीमाथि वार्ता डाक्टर योगेश खातीले प्रस्तुत गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement