कोलकाताः पश्चिम बंगालमा धन शोधनका विभिन्न मामिलाहरूको जाँच गरिरहेको प्रवर्तन निदेशालय (ईडी) का अधिकारीहरूले ठूलो दाबी गरेका छन्। ईडीको भनाई छ, घोटालाको रकमलाई देश बाहिर पठाउनमा अहम भूमिका निभाउने केही महत्वपूर्ण विदेशी हवाला लिङ्कको पत्तो लागेको छ। ईडीका एक अधिकारीले बुधवार यसको जानकारी गराए। अधिकारीले भने, यस्ता विदेशी हवाला लिङ्कका सेवाहरू धन शोधऩका लगभग सबै मामिलाहरूमा अपनाइयो, जसको जाँच केन्द्रिय एजेन्सीहरूका अधिकारीहरूले गरिरहेका छन्। स्कूल घोटाला र राशन वितरण मामिलामा यसको सबैभन्दा धेरै प्रयोग भएको छ।
सूत्रहरू अनुसार, विदेशी हवाला लिङ्क मुख्य रूपमा कोलकाता-मुम्बई-दुबई मार्गमा सञ्चालित भयो, जहाँ कोलकाता आयको श्रोत थियो र मुम्बईको माध्यमले पैसा दुबई पठाइयो। केन्द्रिय एजेन्सीहरूका अधिकारीहरूलाई पूरा विश्वास छ, दुबई एकमात्र विदेशी हवाला लिङ्क होइन, जसको प्रयोग वर्तमान घोटालाहरूमा आयको हिनामिनामा गरिएको थियो। वर्तमानमा अन्य विदेशी गन्तव्यहरूमाथि नजर राख्ने सम्बन्धमा जाँच जारी छ, जहाँ यस आयलाई डायवर्ट र निवेश गरियो।
-हिस