केन्द्रिय नेताहरू गएपछि लोकसभा चुनाउको रणनीति बनाउनमा जुट्यो बंगाल भाजपा

00-1-Rajya-Samachar

कोलकाताः भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा र केन्द्रिय गृहमन्त्री अमित शाह एक दिनअघि मात्र बंगालको आफ्नो एक दिवसीय यात्रा पूरा गरी फर्केका छन्। कोलकाता पुगेका यी दुवै शीर्ष नेताहरूले कोर कमिटी र संगठनका तीन ठूला बैठकहरू गरी धेरै महत्वपूर्ण निर्देश दिएका छन्। यसपछि अब बुधवार बंगाल भाजपाले छुट्टै बैठक शुरू गरेको छ।

पार्टी सूत्रहरू अनुसार, बन्द कमरामा भइरहेको बंगाल भाजपाको सांगठनिक बैठकमा अमित शाहले लोकसभा चुनाउको निम्ति जुन टारगेट दिएका छन्, त्यसलाई पूरा गर्ने रणनीति बनाइँदैछ। कम्तीमा ३५ लोकसभा सीटहरूमा जित दर्ता गर्ने लक्ष्यको साथ काम गर्नु भनिएको छ। त्यसको निम्ति प्रत्येक क्षेत्रमा जिल्ला, मण्डल, बूथसम्म नेतृत्व तय गर्ने प्रक्रिया शुरू भइरहेछ। यसैलाई लिएर बैठक भइरहेछ।

प्रदेश भाजपाका एक वरिष्ठ नेताले भने, २०१९ को लोकसभा चुनाउमा पार्टीले १८ सीटमा जित दर्ता गरेको थियो। यसलाई कायम राख्नका साथै सीटहरूको संख्या कम्तीमा दोबर गर्ने लक्ष्यको साथ काम गर्नु भनिएको छ। यसका साथै अनुपम हाजरा जस्ता नेताहरूलाई पार्टीदेखि अलग गर्नु भनिएको छ, जसले सार्वजनिक फोरममा बयानबाजी गर्छन्। पूरा राज्यमा यस्ता नेताहरूको सूची बनाइँदैछ। नयाँ पुराना नेताहरू जसमा राम्रो तालमेल छ, उनीहरूलाई लिएर अलग-अलग कमिटी बनाइनुबारे सोच-विचार भइरहेछ। बैठकको मुद्दा मूल रूपमा पार्टी संगठऩलाई बलियो बनाउनुमाथि केन्द्रित छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement