भाजपामा अनुपम हाजराको भविष्य अनिश्चित

00-1-Rajya-Samachar

कोलकाताः लोकसभा चुनाउअघि अहम रणनीतिक बैठक गर्न बंगाल पुगेका केन्द्रिय गृहमन्त्री अमित शाह र जेपी नड्डाको मंगलवार एक दिवसीय यात्रा धेरै नै खास रह्यो। उनले बन्द कमराभित्र पार्टी नेताहरूको साथ अहम सांगठनिक रणनीति बनाए। यसमा पार्टीका चर्चित नेता अनुपम हाजरालाई लिएर महत्वपूर्ण फसेला लिइएको छ। उनलाई तत्काल राष्ट्रिय महासचिवको पदबाट हटाइएको छ।

पार्टी फोरमदेखि अलग्गै सार्वजनिक रूपमा पार्टी विरूद्ध बयानबाजी गर्ने अनुपम विरूद्ध यो दोस्रो ठूलो कारबाही हो। यसअघि यही महिनाको पहिलो हप्ता उनको सेन्ट्रल सिक्योरिटी हटाइएको थियो। यो लोकसभा चुनाउअघि पार्टी विरूद्ध बगावत गर्ने नेताहरूको निम्ति एक ठूलो सन्देश बताइँदैछ। यसका साथै अनुपम हाजराको भाजपामा भविष्यलाई लिएर पनि प्रश्न चिह्न खड़ा भइरहेछ। यसअघि बिना हल्लाको केन्द्रिय नेतृत्वले उनको सुरक्षा हटाएको छ।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *