सोनादा: किराँती खम्बु राई सांस्कृतिक संस्थान् पचेङ भेल्ली क्षेत्रीय समितिको आयोजनामा साकेला पर्व पालन गरिएको छ। किराँती खम्बु राई सांस्कृतिक संस्थान, पचेङ भेल्ली क्षेत्रीय समिति, सोनादा दार्जीलिङद्वारा यस वर्षको साकेला (उधौँली) पालन साथै नवनिर्मित माङखिम (इन्टेक परिसर) उद्घाटन समारोह सम्पन्न भएको छ। खम्बु राईहरूले गर्ने साकेला पर्वमा उँधौली पूजामा विभिन्न क्षेत्रहरूमा योगदान दिने खम्बु राईहरूलाई सम्बर्ध्दना पनि जनाइएको छ। यस क्रममा डा इगम खालिङ, डब्ल्युबीसीएस नेहा राई, धाविका प्रिति राई, जमीनदाता उमेश राईलाई सम्मान जनाइएको छ।

यस साकेला पर्व विषयमा पत्रकारहरूसित कुराकानी गर्दै किराँत खम्बु राई सांस्कृतिक संस्थान पचेङ भेल्ली क्षेत्रीय समितिको सचिव एलबी राईले विस्तृत रूपमा बताएका छन्। उनले यो साकेला पर्व खम्बु राईहरूले वर्षैपछि आयोजना गर्ने अनुष्ठान रहेको बताउँदै यो पूजा भावी पिँढीलाई पाठ पढ़ाएको बताएका छन्। उनले राईहरूको धर्म, संस्कार र संस्कृतिलाई नभुलोस् भनेर संरक्षणको लागि यो गरिएको पनि बताएका छन्।









