विश्व शान्तिका लागि आयोजित श्रीमद भागवत गीता वाचन समापन

87e89d0b-e49a-4a3b-bea6-f81d9f94dacf

जलपाइगढीः विश्व शान्ति र गीताको ज्ञानको प्रचारप्रसार गर्न उत्तर बंगालको जलपाइगढी सहरको रेसकोर्समा पहिलो पटक श्रीमद भागवत गीता वाचन आयोजना गरिएको थियो। कुनै पनि राजनीतिक उद्देश्य बाहेक, यो एक पूर्ण धार्मिक समारोह हो। नेपालसहित विभिन्न उत्तरी जिल्ला र हिमालबाट आएका ब्राह्मणहरूले गीता वाचन गरेका थिए । गीता वाचनका साथसाथै पुराणका विभिन्न कथाहरू संगीत र नृत्य प्रस्तुति मार्फत भक्तजनहरूलाई प्रस्तुत गरिएको छ । कार्यक्रमको पहिलो दिन आयोजकले पवित्र कलश यात्रा निकालेको थियो ।
कार्यक्रममा उपस्थित सयौं भक्तजनहरुका बीचमा ब्राह्मण विद्वानहरूले गीता पुराण वाचन गरेका थिए । आयोजकहरूमध्ये अजय छेत्री र उषा लामाले गीताका पवित्र वचनहरू आगामी पुस्ताका सनातन धर्मका अनुयायीहरूमाझ फैलाउने र विश्व शान्तिको कामना गर्ने हाम्रो मुख्य लक्ष्य रहेको बताए। श्रीमद्भागवत गीता वाचनका क्रममा गीता पुराण, यज्ञ अनुष्ठान र लाखौं दीप प्रज्वलन गरिएको थियो ।
जलपाइगढी जिल्ला बाहेक अन्य ठाउँबाट पनि कृष्ण भक्तहरू दिनहुँ आउने गरेका छन् । सबै भक्तजनका लागि प्रसादको व्यवस्था गरिएको थियो । आज समर्पणका साथ कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement