सिविटार चियाबारीमा उप स्वास्थ्य केन्द्रको शिलान्यास

IMG-20231227-WA0204.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटार चियाबारीमा उप स्वास्थ्य केन्द्र निर्माणको लागि शिलान्यास गरिएको छ। सिविटार चियाबारीको सम्पूर्ण गाउँहरूका लागि उप स्वास्थ्य केन्द्र ५० लाख ७८ हजार १ सय २० रपियाँको लागतमा निर्माण गरिने भएको छ। उक्त उप स्वास्थ्य केन्द्रको निर्माणको लागि शिलान्यास तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीको विशेष उपस्थितिमा महानदी ग्राम पञ्चायतको पञ्चायत समिति सदस्य कुसाङ लामाको बाहुलीबाट नरिवल फुटाएर गरिएको छ। उक्त उप स्वास्थ्य केन्द्रको शिलान्यास कार्यक्रममा भागोप्रमो तीनधारे महानदी समष्टीको सभापति राजीव थापा, समष्टीको सांगठनिक सचिव उत्तम छेत्री लगायत सिविटार क्षेत्रका पार्टीका प्रतिनिधिहरू उपस्थित रहेका थिए। सिविटार चियाबारी क्षेत्रमा स्वास्थ्य केन्द्रको आवश्यकता रहेको र लामो समयदेखि यहाँको जनताले ययको मांग गर्दै आएका थिए। आज आएर यो मांग पूरा भएको छ। उक्त उप स्वास्थ्य केन्द्रको शिलान्यासपछि पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री, महानदी ग्राम पञ्चायतको उप प्रधान सोनिका तामाङ, भागोप्रमो तीनधारे महानदी समष्टीको सांगठनिक सचिव उत्तम छेत्री र स्थानीयहरूको पक्षमा चन्द्रप्रकाश राईले उप स्वास्थ्य केन्द्रको लागि स्थानीय प्रतिनिधिहरू र जीटीए चिफ् अनित थापालाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement