गोर्खा जनपुस्ताकालयद्वारा खरसाङमा ९७औं गिरी जयन्ती समारोह सम्पन्न

IMG-20231227-WA0197.jpg

खरसाङ: गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा जातीय कवि अगमसिंह गिरीको ९७औं जन्म जयन्ती कार्यक्रम सम्पन्न भएको छ। उक्त गिरी जयन्ती कार्यक्रम गोर्खा जनपुस्तकालय खरसाङको अध्यक्ष पूर्ण गुरुङ ‘निरूपम’ को अध्यक्षता र वरिष्ठ नाट्य कलाकार एंव समाजसेवी बिनोद प्रकाश शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा पुस्तकालयको सचिव विनोद रसाईलीले सञ्चालन गर्दै स्वागत सम्भाषण पनि राखेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा जीबी बल, डा समीर बल, सभासदद्वय श्याम शेर्पा, प्रणाम रसाईली, पारसचन्द्र आले, लिली छेत्री, सुवास प्रधान, तुलसी अधिकारी, टीटी लामा आदि उपस्थित रहेका थिए। सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूका बाहुलीबाट जातीय कवि अगमसिंह गिरीको सालिगमा माल्यार्पण साथै फूल, धुप र खदार्पण गरेर श्रध्दाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा सूचना अनि सांस्कृतिक विभाग खरसाङको कलाकारहरूले कवि गिरीद्वारा लिखित ‘नौ लाखे तारा उदाए’ नामक गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै बिनोद प्रकाश शर्माले कवि गिरीसित विगत ५३ वर्ष अघि बिताएको संस्मरण साझा गरेका थिए।

त्यसरी नै विशिष्ट अतिथि खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान र सभाध्यक्ष पूर्ण गुरुङ निरूपमले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा विभिन्न स्थानहरूबाट मानिसहरू उपस्थित रहेका थिए। जातीय कवि अगमसिंह गिरीको जन्म २७ दिसम्बर सन् १९२७ र मृत्यु ३१ जनवरी सन् १९७१ मा भएको थियो। खरसाङमा पालन गरिएको जातीय कवि अगमसिंह गिरीको जन्म जयन्ती कार्यक्रम विषयमा गोर्खा जनपुस्तकालय खरसाङको मूल सचिव विनोद रसाईलीले विस्तृत रूपमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement