अमित शाहले बंगाल भाजपालाई दिए ३५ लोस सीटको टारगेट

Amit-Shah-Suvendu.jpg

ममता सरकारलाई सत्ताच्युत पार्ने लक्ष्य

काेलकाता: केन्द्रिय गृहमन्त्री अमित शाहले आफ्नो एक दिवसीय कोलकाता दौड़ाहमा बंगाल भाजपालाई केही टारगेट दिएका छन्। उनले राज्यको ४२ मध्ये 35 लोकसभा सीटमा जित हासिल गर्ने लक्ष्य राखेर काम गर्ने साथै आगामी वर्ष २०२६ मा सम्पन्न हुने विधानसभा चुनाउमा राज्यमा भाजपाको सरकार बनाउनको लागि अहिलेबाटै तयारी शुरू गर्ने आग्रह गरे।

उनले नागरिकता अधिनियम (सीएए)-लाई कुनै पनि स्थितिमा लागू गर्नेमाथि बल दिए।

प्रदेश भाजपाको सोशल मीडिया औ आईटी एकाईका सदस्यहरूलाई लिएर नेशनल लाइब्रेरीको बन्द कोठामा आयोजित बैठकलाई सम्बोधन गर्दै शाहले भने, सीएएलाई लागू गर्नु पार्टीको प्रतिबद्धता हो। सीएएलाई लागू हुनदेखि कसैले रोक्न सक्दैन, किनभने यो देशको कानून हो। उनले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीमाथि यस मुद्दामा मानिसहरूलाई भ्रमित पारेको आरोप लगाए। शाहले भने, भाजपाले राज्यका ४२ लोकसभा सीटमध्ये ३५ भन्दा अधिक सीट हासिल गर्नेछ। वर्ष २०१९ को लोकसभा चुनाउमा भाजपाले १८ सीटमा जित दर्ता गराएको थियो।

बैठकमा सामेल एकजना नेता अनुसार अमित शाहले भनेका छन्, पश्चिम बंगालको आगामी विधानसभा चुनाउमा भाजपाको सरकार बनाउनको लागि काम गर्ने आग्रह गरेका छन्। भाजपा सरकारको अर्थ अनुप्रवेश र गौ तस्करीको अन्त तथा सीएएको माध्यमबाट धार्मिक आधारमा सताइएका मानिसहरूलाई नागरिकता प्रदान गर्नु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement