नयाँ दिल्ली: कंग्रेसले ”भारत जोड़ो यात्रा” पश्चात अब राहुल गान्धीको नेतृत्वमा ”भारत न्याय यात्रा” निकाल्ने घोषणा गरेको छ।
कंग्रेस महासचिव जयराम रमेशले बुधवार पार्टी मुख्यालयमा आयोजित सम्वाददाता सम्मेलनमा उक्त आशयको जानकारी दिए।
उनले भने, राहुल गान्धीको नेतृत्वमा ”भारत न्याय यात्रा” आगामी १४ जनवरीदेखि मणिपुरबाट शुरू हुनेछ जसको समापन आगामी २० मार्चमा मुम्बईमा हुनेछ। यो यात्रा १४ वटा राज्यहरू भएर गुज्रिँदै लगभग ६,२०० किलोमीटरको यात्रा पूरा गर्नेछ। जयराम रमेशले भने, राहुल गान्धीले आर्थिक विषमता, सामाजिक ध्रुवीकरण औ राजनीतिक तानशाहीको मुद्दा उठाइसकेका छन्। अब ”भारत न्याय यात्रा” -को मुद्दा आर्थिक न्याय, सामाजिक न्याय औ राजनीतिक न्याय हुनेछ।









