सहारनपुर: उत्तर प्रदेश एटीएसले बुधवार देवबन्दका एक मदरसामा छापा मारेर एकजना छात्रलाई हिरासतमा लिएको छ। यी छात्रले केही दिनअघि सोशल मीडिया प्लेटफर्म एक्समा ”दोस्रो पुलवामा”- को धम्की दिएको थियो। सो जानकारी वरिष्ठ पुलिस अधीक्षक डा. विपिन ताड़ाले दिएका हुन्।
उनले बताए, हिरासतमा लिइएको आरोपी छात्र तल्हा मजहर मूलरूपमा झारखण्डको जमशेदपुर सराय कालेखाँ निवासी हो। यहाँ उसले धार्मिक तालिम हासिल गरिरहेको थियो। उसले एक्समा लेखेको थियो- ‘अब चाँड़ै इन्शाल्लाह दोस्रो पुलवामा पनि हुनेछ।’ स्थानीय पुलिसले आरोपी तल्हा मजहरविरूद्ध प्राथमिकी दर्ता गराएको छ। हाल एटीएसका अधिकारीहरूले मजहरसित जाँचबुझ गरिरहेका छन्।









