महँगो दाममा बिक्री भइरहेको छ भुटानको सुन्तला

Capture1-19.png

अलीपुरद्वार: प्रत्येक वर्ष झै ठण्डाको मौसम शुरू हुन साथ भुटानको सिमानामा रहेको शहर जयगाँउ लगायत डुवर्सका विभिन्न बजारमा भुटानको सुन्तला बिक्रीमा राखिएको छ। तथापि, यो वर्ष कम्ती फलेकोले गर्दा भुटानको सुन्तला धेरै महङ्गो दाममा बिक्री भइरहेको छ। यहाँको सुन्तलाको स्वाद धेरै राम्रो भएको हुनाले प्रत्येक वर्ष नै यहाँका बजारहरूमा सुन्तला किन्नेहरूको अधिक भीड देखिन्छ। सीमावर्ती शहर जयगाँउमा प्रत्येक वर्ष झै यस पल्ट पनि सडकको किनारहरूमा सुन्तला बिक्री गर्न राखेका दोकानहरू देखिए तापनि सुन्तला किन्न आउने ग्राहकहरूको संख्या भने धेरै कम रहेको देखिन्छ।
सुन्तला बिक्रेताहरूले बताए अनुसार यस वर्ष सुन्तला कम्ती फलेको छ गत वर्षहरूको तुलनामा। यसैले गर्दा विगत वर्षहरूमा भन्दा यस वर्ष भुटानको सुन्तलाको दाम लगभग दुई गुणा अधिक बढेको छ। यसैले गर्दा सुन्तला किन्न आउने ग्राहकहरूको संख्या कम रहेको छ। सुन्तला बिक्री नभएकोले गर्दा दोकानेहरू चिन्तित देखिन्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement