सेभोकमा इण्डिपेण्डेन्स डे फूटबल शुरु, सिलगढ़ी मेट्रोपोलिटन पुलिस विजयी

IMG_20220724_235127.jpg

२४ जुलाईः नेताजी युथ क्लब (एन.वाई.सी.), सेभोकको तत्त्वावधानमा इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट आइतवारदेखि शुरु भयो। आज भएको टुर्नामेण्टको उद्घाटन म्याचमा गत च्याम्पियन सिलगढ़ी मेट्रोपोलिटन पुलिसले ब्रूट बोइज (मिलनमोड़)-लाई ३-१-ले पराजित गऱ्यो। सेभोक प्राइमरी स्कूल मैदानमा आज भएको म्याचमा विजेता टीमबाट खोकन रोय, समीर बर्मन र भीम कोराले गोल गरे। यसरी नै ब्रूट बोइजबाट एकमात्र गोल बिजु भुजेलले पेनल्टीबाट छिराए। विजेता टीमका खोकन रोयलाई प्लेयर अव् द म्याच चयन गरियो। सोमवार खेलिने म्याचमा डुवर्स ट्राइबल एफसी र सिलगढ़ी युनाइटेड एफसी-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ९ र १० अगस्तमा हुनेछ। यसबाहेक फाइनल १५ अगस्तको दिन खेलिनेछ। यस इलेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *