उल्फासॅंग त्रिपक्षीय सम्झौता २९ दिसम्बरमा

ulf-sixteen_nine-1.jpg

गुवाहाटी: सरकारसॅंग युद्ध विराम सम्झौता अन्तर्गत कुराकानी चलिरहेको प्रतिबन्धित उग्रवादी संगठन युनाइटेड लिबरेशन फ्रण्ट अफ् असम (उल्फा-प्रो टक) सॅंग २९ दिसम्बरमा त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर हुनेछ।

आज दिल्लीमा गृह मन्त्रीसॅंग कुराकानीपछि उल्फाका महासचिव अनूप चेतियाले मिडियालाई भने, सम्झौता पत्रको मस्यौदा तयार गरिएको छ। अहिलेसम्मको स्थितिसॅंग सन्तुष्ट छौ। केही बिन्दुहरूमाथि चर्चा चलिरहेको छ, जसलाई भोलिसम्ममा अन्तिम रूप दिइने छ।

उल्फा महासचिवले भने, २९ दिसम्बरमा हुने यस ऐतिहासिक सम्झौता अवधि केन्द्रिय गृह मन्त्री अमित शाह र असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा उपस्थित रहनेछन्। उनले भने, केन्द्र सरकारको तर्फबाट गृह मन्त्रालयको पूर्वोत्तर मामिलाका सचिवले यस सम्झौता पत्रमा हस्ताक्षर गर्नेछन्। असम सरकारको तर्फबाट राज्यका मुख्य सचिव तथा उल्फाको तर्फबाट अध्यक्ष अरविन्द राजखोवाले सम्झौता पत्रमा हस्ताक्षर गर्नेछन्। उल्फा महासचिवले भने, मुख्यमन्त्री डा हिमन्त बिस्व सरमाको विशेष प्रयासका कारण सबै कुरा सम्भव भइरहेको छ।

About Author

Advertisement