गेजिङ: पेलिङमा चलिरहेको कञ्चनजङ्गघा विन्टर टुरिज्म फेस्टिवलको आज दोस्रो दिन पुरुष भलिबल टुर्नामेन्ट शुरू भयो। पेलिङ पर्यटन विकास संघले जिल्ला प्रशासनको संयुक्त तत्वावधानमा आयोजना गरिरहेको उक्त फेस्टिवलको आज दोस्रो दिन मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव मधुसूदन शर्मा मुख्य अतिथि रहेका थिए।
भलिबल प्रतियोगिता अन्तर्गत आज दुईवटा खेल खेलाइयो। पहिलो खेलमा प्रतिद्वन्दी दल अनुपस्थित रहेपछि जूम सालघारीलाई विजेता चयन गरियो। दोस्रो खेलमा भालुथाङ युनाइटेड बोइजलाई पराहिज गरेर पेलिङ युनाइटेड अर्को चरणमा प्रवेश गरेको छ। यस अवसरमा रंगारंग कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो ।कार्यक्रममा मन्त्री भीमहाङ लिम्बू, लोकसभा सांसद इन्द्रहाङ लिम्बू तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।